नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायाे

आर्थिक परिवेश

४ साउन,काठमाडौं ।  नेपाली बजारमा  बिहिवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सुनको मूल्य गत जेठ १९ गते तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको थियो।

बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९५ रुपैयाँ पुगेको छ। यो बुधबारको मूल्यभन्दा ५ रुपैयाँ बढी हो। बुधबार प्रतितोला १४ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

चाँदी बुधबार प्रतिऔंस २४.९९ डलर रहेकोमा बिहीबार २५.१ डलर कायम छ।

मा प्रकाशित