११ ले पाए धितोपत्र दलाल ब्रोकरको लाइसेन्स

आर्थिक परिवेश

५ असार,काठमाडाैं ।  नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई धितोपत्र दलाल ब्रोकरको लाइसेन्स प्रदान गरेको छ ।
बोर्डको यही साउन ४ गते बसेको बोर्ड बैठकले ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने निर्णय गरेको बाेर्डका प्रवक्ता मुक्तीनाथ श्रेष्ठले जानकारी दिनु भयाे ।
बोर्डले यसअघि १८ वटा कम्पनीलाई धितोपत्र दलाल ब्रोकरको लाइसेन्स प्रदान गरिसकेको छ । नयाँ ११ सहित नेपालमा धितोपत्रको कारोवार गर्ने दलालहरुको संख्या ७९ पुगेको छ ।

बोर्डले जेठमा नयाँ १८ कम्पनीलाई लाइसेन्स दिएकामा ७ वटाले साउन १ देखि परीक्षण कारोबार सुरु गरिसकेका छन्।

लाइसेन्स प्राप्त गर्ने नयाँ कम्पनीहरू

१) मिल्की वे सेयर ब्रोकर कम्पनी लि.
२) क्यापिटल हब प्रा. लि.
३) आकाश भैरव सेक्युरिटिज लि.
४) पाही इन्भेष्टमेन्ट प्रा. लि.
५) एस.पी.एस.ए. सेक्युरिटिज लि.
६) एन.एम.बि.सेक्यूरिटिज लि.
७) सानिमा सेक्यूरिटिज लि.
८) स्टक्स्कार्टस् सेक्युरिटिज लि.
९) इन्दिरा सेक्युरिटिज प्रा.लि.
१०) ब्लु चिप सेक्युरिटिज लि.
११) गरिमा सेक्युरिटीज् लि.

मा प्रकाशित