साउन ५ सम्म ६८ प्रतिशत मात्र रोपाइ सम्पन्न गतबर्षको भन्दा २० प्रतिशत कम

आर्थिक परिवेश

५ साउन, काठमाडौं ।   साउन ५ गतेसम्ममा मुलुकभर ६८ प्रतिशत रोपाइ सम्पन्न भएको छ ।

कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले गत वर्ष २०७९ को श्रावण ५ गतेसम्म ८८ प्रतिशत रोपाइ सम्पन्न भएको थियो ।

यस हिसावले गत वर्षको यस अवधिको तुलनामा यस बर्ष २० प्रतिशतको हाराहारीमा कम रोपाइ भएको मन्त्रालयले उल्लेख गरेको छ ।

यस अवधीमा मुलुकभरको १३ लाख ५७ हजार ८ सय १६ हेक्टरमा रोपाइ सकिएको छ ।

विशेषगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण रोपाइमो कमी देखिएको मन्त्रालयले उललेख गरेको छ ।

कर्णाली प्रदेशमा विशेषगरि गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको अभाव भइ रोपाइ थोेरै प्रभावित भएको रिपोर्टिङ्ग भएको छ । सुदुरपश्चिम प्रदेशमा रोपाइ करिव सकिएको छ ।


विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलव्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ ।

मध्य तराइमा श्रावण मसान्तसम्म नै रोपाइ हुने गरेको सन्दर्भमा श्रावण मसान्तसम्ममा ९०–९५ प्रतिशतसम्म रोपाइ हुने अपेक्षा गरिएको छ मन्त्रालयले उल्लेख गरेको छ ।

मा प्रकाशित