अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित, एनआरएनएकाे अगामी निर्वाचनलाई नयाँ पाठ

आर्थिक परिवेश

१४ साउन, सिडनी, अस्ट्रेलिया ।   गैर अवासीय नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल अत्याधिक मतले निर्वाचित हुनु भएकाे छ ।

यस निर्वाचनमा प्रतिस्पर्धामा रहनु भएका  देवबहादुर  गुरुङ र डिला खरेललाई पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित हुनु भएकाे  हाे  ।

विघटित कार्यसमितिमा काेषाध्यक्ष रहनु भएका पोखरेलले  ५ हजार २ सय ६७ मत ल्याउँदै प्रत्यासी भन्दा करिव २ हजार बढी मत प्राप्त गरी विजयी हुनु भएकाे हाे  ।

अध्यक्षका प्रत्यासी देव गुरुङले ३ हजार ३ सय ८० र अर्का प्रत्यासी डिला खरेलले ३ हजार ३ सय ४७ मत पाउनु भएकाे छ ।

शनिबार भएको मतदानमा अस्ट्रेलियाभर रहेका १४ हजार ५ सय ६२ मतदाता मध्ये १२ हजार ६ सय १७ जना मतदाताले अनलाइन मतदानमा सहभागीता जनाउनु भएकाे  थियाे  ।

निर्वाचित भएपछि पोखरेलले आफूलाई अस्ट्रेलियाका नेपालीहरूकाे सेवाका लागि  अझ बढी जिम्मेवारी थपिएको भन्दै नेपालीहरूको हितका लागि हरसंभव काम गर्ने बताउनु भयाे ।

 

निर्वाचनले उत्साहित बनाउनुका साथै अझ जिम्मेवारी  थपिदिएको छ,’ अध्यक्ष निर्वाचित भए पछि पोखरेलले  पत्रकारहरूलाइ बताउनु भयाे ।

१ सय ४६ पदका लागि भएकाे निर्वाचनबाट महासचिवमा सन्तोष कुंवर ,सचिवमा थिर गुरुङ, कोषाध्यक्षमा अर्जुन गौतम, सहकोषाध्यक्षमा रोजी पन्त, युवा संयोजकमा सुमन बोहरा र सहसंयोजकमा दीमन राजोपाध्याय विजयी हुनु भएकाे छ  ।

यसैगरी युवा सचिवमा पुकार घिमिरे र युवा कोषाध्यक्षमा अस्मिन घिमिरे निर्वाचित  हुनु भएकाे छ  ।

 

८ राज्य भएकाे  अस्ट्रेलियाका ६ राज्य र  दुई टेरीटोरी मध्ये दक्षिण अस्ट्रेलिया, नर्दन टेरीटोरी, क्युन्सल्याण्ड, क्यापिटल टेरीटोरी र पश्चिम अस्ट्रेलियामा यसअघि नै सर्वसम्मतले नेतृत्व चयन भएकाे छ।

जसमा क्रमश: संजयराज पुरी, संजीव ढकाल, शम्भु घैसे, बिक्रम सुवेदी र शेखर घिमिरे रहनु भएकाे छ । बाँकी ३ राज्यमा निर्वाचन मार्फत संयोजक चयन गरिएको हाे ।

जसमध्ये न्यु साउथ वेल्समा विनोदबहादुर कुंवर, भिक्टोरियामा मणिरतन सापकोटा र तास्मानियामा जगदीश खड्का चयन हुनु भएकाे छ।

राज्यसंयोजकका लागि सबैभन्दा बढी न्यु साउथ वेल्समा ४ जनाकाे उम्मेदवारी परेकाे  थियाे ।

एनआरएनएको महिला संगठन नारी निकुञ्जको संयोजकमा संगीता भण्डारी चापागाईं र सह संयोजकमा रत्ना गौतम निर्विरोध चयन हुनु भएकाे छ ।

नारी निकुञ्जकै सचिवमा अर्चना गौतम निर्वाचित हुनु भएकाे छ भने कोषाध्यक्षमा मनिला पाण्डे निर्विरोध छनाैट हुनुभएकाे छ ।

निर्वाचन मार्फत एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि ८ जना सदस्य निर्वाचित भएका छन् ।

जसमा डा. भरतराज पौडेल, सुजन अधिकारी, डिल्लीराम ढकाल निर्वाचित  हुनु भएकाे छ ।

त्यसैगरी  दिनेश अधिकारी, मदन पौडेल, नारायण कटुवाल, रमेश अधिकारी, टीकाराम भुर्तेल पनि आइसीसी सदस्य बन्न सफल हुनु भएकाे छ ।

प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले निर्वाचन निस्पक्ष र सौहार्द रुपमा सम्पन्न भएको र यस पटक प्रविधिकाे प्रयाेगले निर्वाचनकाे विश्वसनियता पनि बढेकाे बताउनु भयाे  ।

यस अघि निर्वाचन अायाेगले मतदाताहरूकाे अन्तीम नामावली प्रकाशित गर्नु पूर्व धेरै समय लगाएर छानविन समेत गरेकाे थियाे  ।

अस्ट्रेलिया राष्ट्रिय  समन्वय समितिकाे सदस्यमा विजय पाैडेल,विमल खडका, प्रकाश पाण्डे, राेशन भट्टरार्इ र सन्ताेष श्रेष्ठ लगायत रहनु भएकाे छ ।

हाल विश्वका विभिन्न मुलुकमा बसाेबास गर्ने नेपालीहरूकाे नेतृत्व चयनका लागि निर्वाचन भैरहेकाे छ । नेपालीहरूकाे बढी बसाेबास रहेकाे अमेरिकामा तथा बेलायतमा पनि निर्वाचन सम्पन्न भै सकेकाे छ  ।

मा प्रकाशित