२० साउन,वीरगञ्ज । वीरगञ्ज आइसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०७९/०८० मा भारत तथा तेस्रो मुलुकतर्फ ३३ अर्ब ५९ करोड ७९ लाख १७ हजार मूल्य बराबरको नेपाली उत्पादन निवासी भएको छ ।
वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकमा तेल, जुस लगायतका नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।
आइसिपी भन्सार नाका हुँदै ८ अर्ब ६० करोड ५६ लाख २८ हजार मूल्य बराबरको पाम आयल भारत निर्यात भएको छ ।
त्यसैगरी साे नाका हुँदै गत बर्ष ६ अर्ब ४२ करोड ३३ लाख १७ हजार मूल्य बराबरको फलफूलको जुस, ५ अर्ब २५ करोड ४ लाख १० हजार मूल्य बराबरको प्रशोधित भटमासको तेल भारत निर्यात भएको छ ।
त्यसैगरी २ अर्ब ८४ करोड ४८ लाख ४७ हजार मूल्य बराबरको फलामे पाता भारत निर्यात भएको छ भने १ अर्ब ७१ करोड ११ लाख ४१ हजार मूल्य बराबरको निर्यात भएकाे छ ।
त्यसै गरी जमोठ कपडा, १ अर्ब ३६ करोड ७० लाख ६३ हजार मूल्य बराबरको पिना समेत भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।
त्यसैगरी वीरगञ्ज भन्सार नाका हुँदै ९१ करोड ४३ लाख ७१ हजार मूल्य बराबरको सेन्थेटिक यार्न समेत भारत निर्यात भएको छ ।
त्यसैगरी सो अवधिमा विभिन्न नेपाली होजियारीका कपडा ७२ करोड ९९ लाख ४६ हजार, स्पोर्ट सुज ६८ करोड ८ लाख १३ हजार मूल्य बराबरको भारत तथा तेस्रो मुलुकमा निर्यात भएको छ ।
त्यसैगरी ६३ करोड ९३ लाख ८७ हजार मूल्य बराबरको बत्तीसा, त्रिफला, कबाजहरु, च्यबनप्रास आदि लगायतका आयुर्वेदिक औषधी भारत निर्यात भएको छ ।
त्यसैगरी वीरगञ्ज नाकाबाट ६३ करोड, १३ लाख १० हजार होमियोपेथिक, शुद्ध, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ, ५४ करोड ४१ लाख ७९ हजार मूल्य बराबरको दन्त मन्जन, ४८ करोड १ लाख ५ हजार मूल्य बराबरको नियाैत भएकाे छ ।
यस अवधीमा तयारी कपडा, ५३ करोड ९१ लाख २८ हजार मूल्य बराबरको कोक, स्प्राईट लगायतका हल्का पेय पदार्थ भारत निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
मा प्रकाशित