२१ साउन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेपाली शेयर बजारको परिसूचक उच्च अङ्कले घटेको छ ।
आइतवार परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ ।
यस दिन विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयरहरु दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार मूल्यमा किनबेच भएका छन् ।
यस दिन सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ९६ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ६० अङ्कले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको १२ करोड ६९ लाख ८२ हजार तीन सय तीन बराबरको कारोबार भएको छ ।
मा प्रकाशित