२१ साउन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका जायज मागहरू यथाशक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघले सरकार समक्ष आग्रह गरेको छ ।
आइतवार एक एक विज्ञप्ती जारी गर्दै उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादन एवम् रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको भन्दै परिसंघले त्यस्तो माग गरेको हो ।
कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान रहेको र निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने भएकाेले त्यसतर्फ सचेत बन्न समेत परिसंघले अनुरोध गरेको छ ।
मा प्रकाशित