२२ साउन, काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढाएका छन् ।
उनीहरुको खुद मुनाफा उल्लेख्य रुपमा बढेको भए पनि वितरणयोग्य मुनाफा भने घटेको छ ।
ती बैकहरुले गत आर्थिक वर्ष २०७९÷८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
बैकहरको गत आवको तेस्रो त्रैमाससम्ममा निरन्तर बढ्दो क्रममा देखिएको खराब कर्जा चौँथौ त्रैमासमा भने केही घटेको देखिएको पनि पर्याप्त सुधार भने भइसकेको छैन ।
गत आव २०७९÷८० मा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड बराबर खुद नाफा कमाएका छन् । गत आवमा नबिल बैंक लिमिटेडको नाफा सात अर्ब ५२ करोड ७१ लाख बराबर खुद नाफा गर्नेमा पहिलोमा परेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो नम्बरमा परेको छ ।
त्यसै गरी गत आवमा बढी नाफा कमाउने वाणिज्य बैंकको सूचिमा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा परेको छ ।
गत आर्थिक बर्षमा कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै चार दशमलव ७७ प्रतिशत बराबर छ । हिमालयन बैंकको चार दशमलब ५७ प्रतिशत, इन्भेष्टमेन्ट मेगा बैंकको चार दशमलव ३५ प्रतिशत र प्राइम बैंकको चार दशमलव २३ प्रतिशत बराबर खराब कर्जा रहेको छ ।
त्यसै गरी प्रभु बैंकको खराब कर्जा चार दशमलव १६ प्रतिशत बराबर छ । त्यस्तै नबिल बैंकको तीन दशमलव दुई प्रतिशत, ग्लोबल आइएमई बैंकको तीन दशमलव शुन्य आठ प्रतिशत र सिटिजन्स बैंकको तीन दशमलव १९ प्रतिशत बराबर खराब कर्जा रहेको देखिएको छ ।
मा प्रकाशित