देशको भूगोल अनुसार सुरुङ मार्गमा जान सरकारलाई विज्ञको सुझाव

आर्थिक परिवेश

२४ साउन,काठमाडौ ।  सडक पूर्वाधार क्षेत्रका विज्ञहरुले धेरै खर्चिलो भए पनि देशको भूगोल अनुसार सुरुङ मार्गमा जान सरकारलाई सुझाव दिनुभएको छ ।

विज्ञहरुले जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुने गरेकाले त्यसतो समस्या समाधान गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न पनि सरकारलाई सुझाव दिनु भएको छ ।

सडकको सुरक्षा,प्रयोग र भावी बन्ने सडकका योजना, निर्माण प्रविधि लगायतका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार भौतिक पूर्वाधार क्षेत्रका विज्ञहरुसँग गर्नुभएको छलफल विज्ञहरुले त्यसतो सुझाव दिनु भएको हो ।

सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर पूर्वाधार विज्ञ  सुर्यराज आचार्य, मेघराज घिताल, प्राडा तारानिधि भट्टराई, बबी देउजालगायतका विज्ञसँग मन्त्री ज्वालाले छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माणका क्षेत्रमा सडक सुरक्षामा देखिएका चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।

सडक विस्तार गाउँबस्तीमा पु¥याउनुपर्नेमा जोड दिँदै मन्त्री ज्वालाले धेरै गाउँबस्ती चुरे र महाभारत शृङ्खलामा रहेकाले विस्तार गर्न र विस्तार भएका सडकको सुरक्षा गर्न चुनौती बढेको बताउनुभयो ।

छलफलमा मन्त्रालयका सचिव केशव शर्माले नेपालमा विगत र वर्तमानका सडक अवस्था, भौगोलिक सन्दर्भ, आगामी दिनमा सडकको सुरक्षा र स्थायित्व कसरी हुनसक्छ भन्ने विषयमा भएको छलफलबाट त्यस क्षेत्रमा थप सहयोग पुग्ने बताउनुभयो ।

मा प्रकाशित