बोर्डले ३ वटा धितोपत्र दलाल व्यवसायीलाई दियाे इजाजत

आर्थिक परिवेश

२६ साउन, काठमाडौं ।    नेपाल धितोपत्र बोर्डले ३ वटा धितोपत्र दलाल व्यवसायीलाई इजाजत दिएको छ ।

बोर्ड सञ्चालक समितिको २४ साउनमा बसेको बैठकले सीमित कार्य गर्ने तीन वटा सेयर ब्रोकरलाई लाइसेन्स दिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिनु भयाे  ।

ब्रोकर लाइसेन्स  प्राप्त गर्ने कम्पनीहरूमा जेबीएनएल सेक्युरिटिज कम्पनी, आरबीबी सेक्युरिटिज कम्पनी र सीबीआईएल सेक्युरिटिज कम्पनी रहेका छन् । उनीहरूलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा इजाजत दिएको हो ।

धितोपत्र दलाल व्यवसायीका लागि बोर्डमा आवेदन दिएका ४३ कम्पनीलाई बोर्डले पूर्व स्वीकृति दिएको थियो । जसमध्ये ३२ वटा दलाल व्यवसायीले इजाजात पाएको बोर्डका प्रवक्ता श्रेष्ठले बताउनु भयाे  ।
मा प्रकाशित