३० साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रूपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ ।
बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो ।
तर मंगलवार उक्त सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलोे सात सय १६ ग्राम कायम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गल क्षेत्रबाट सुन बरामद गरेको थियो । राष्ट्र बैंकले सुन गालिसके पनि यो प्रकरणको छानबिन प्रक्रिया भने सकिसकेको छैन । सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ ।
मा प्रकाशित