पेट्रोलियम पदार्थको मूल्यवृद्धि डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रूपैयाले बढयाे

आर्थिक परिवेश

३० साउन, काठमाडाै ।  नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाे छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो।

निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।

यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

समायोजन भएको मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने गरी मुल्यवृदि गिरएकाे हाे ।

मा प्रकाशित