कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान मात्र १३.४५ प्रतिशत

आर्थिक परिवेश

०१ भदौ, काठमाडौं ।  आर्थिक वर्ष २०७९/८० मा मुलुककको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैकले शुक्रवार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उद्योग क्षेत्रको योगदान १३.४५ प्रतिशत भएको देखाइएको छ ।

गत आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान भने ६२.४३ प्रतिशत पुगेको छ ।
गत आर्थिक बर्षमा कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशत,उद्योगक्षेत्रको ०.५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २.३३ प्रतिशत रहने अनुमान राष्ट्र बैकले गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० मा मुलुकको आर्थिक वृद्धि उत्पादकको मूल्यका आधारमा १.८६ प्रतिशत रहने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा देशमा कुल विद्युतको जडित क्षमता वृद्घि भई २६८४.४ मेगावाट पुगेको छ ।

जसमध्ये जलविद्युतको २५३७.९ मेगावाट,सोलारको ८७ मेगावाट, कोजेनेरेसनको ६.० मेगावाट र थर्मलको ५३.४ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा कुल पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

समीक्षा वर्षमा ८ लाख ६२ हजार ९सय ९२ जना पर्यटकले नेपालको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ३ लाख ७४ हजार १ सय ४७ विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

मा प्रकाशित