सरकारले बढाएकाे  श्रमिककाे  पारिश्रमिक दिन सकिदैन  : परिसंघ

आर्थिक परिवेश

०१ भदौ, काठमाडौं ।  नेपाल उद्योग परिसंघले  सरकारले हाल बढाइएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको बताएकाे छ  । परिसंघले शुक्रवार एक विज्ञप्ती प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको उल्लेख गरेकाे छ  ।

उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको ,उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेकाे,उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो अवस्थामा रहेकाे परिसंघले उल्लेख गरेकाे छ ।

विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजारमा माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवाला समक्ष परिसंघले अनुरोध गरेकाे  छ  ।

 

मा प्रकाशित