भदौ १ गते सम्ममा देशभर ९२ प्रतिशत मात्र रोपाइ सम्पन्न अझैपनि रोपाइ जारी

आर्थिक परिवेश

०४ भदौ, काठमाडौ । देशभर भदौ १ गतेसम्म ९२ प्रतिशत क्षेत्रफलमा धानको रोपाई सम्पन्न भएको छ ।

कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले यस अवधीमा कर्णाली, सुदुरपश्चिम लुम्बिनी र गण्डकी कोशी प्रदेशमा क्रमश ९९,९९,९५र ९४ प्रतिशत क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ ।

त्यसै गरी यस अवधीमा बाग्मतीमा ९३ प्रतिशत र कोशी प्रदेशमा ९७ प्रतिशत क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ भने मधेश प्रदेशमा सबै भन्दा कम ८२ प्रतिशत क्षेत्रफलमा मात्र र धान रोपाई सम्पन्न भएको छ ।

यस अवधीमा देशभरको १४ लाख ८८ हजार ४९ हेक्टर धान रोपाइ हुने क्षेत्रफल मध्ये १३ लाख ७५ हजार १ सय ३४ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ ।

गत आर्थिक बर्षकासायन २८ गते सम्म ९६ प्रतिशत क्षेत्रमा धान रोपाइ सम्पन्न भएको थियो ।

 

मा प्रकाशित