बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुन्छ : उर्जा मन्त्री बस्नेत

आर्थिक परिवेश

०५ भदौ ,चितवन ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बस्नेतले सम्झौता यसै वर्ष औपचारिक रूपमा घोषणा समेत गरिने स्पष्ट पार्नुभयो ।

उहाँले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुने अवस्थामा पुग्न लागेको बताउनुभयो ।

वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ ।

उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको मन्त्री बस्नेतले जानकारीदिनु भयो ।

पचास प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पु¥याएको भन्दै उहाँले हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी गर्नुभयो ।

मा प्रकाशित