चालू पुँजी कर्जाका सम्बन्धमा आफुले उठाएका माग आंशिक सम्बोधन : महासंघ

आर्थिक परिवेश

१२ भदाैं,काठमाडौं।  नेपाल उद्योग वाणिज्य महासंघले चालू पुँजी कर्जाको मार्गदर्शनमा आफुले उठाएका माग आंशिक सम्बोधन भएको जनाएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गर्दा महासंघले आफूले उठाएका केही माग मात्र सम्बोधन भएको जनाएको हो।

महासंघले अझै पनि निजी क्षेत्रलाई हतोत्साहित बनाउने प्रावधान रहेको र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्ने जनाएको छ।

राष्ट्र बैंकले सोमबार क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी कुनै समूहको एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भए उक्त ऋणीबाट प्रत्यक्ष प्रभावित हुने समूहका अन्य ऋणीलाई समेत निष्कृय वर्गमा वर्गीकरण गर्न निर्देशन दिएको थियो।

कुनै व्यापारिक समूहमा रहेका एक साझेदारको ऋण डिफल्ट भए त्यो समूहका अन्य ऋणीलाई समेत निष्कृय वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेकाप्रति महासंघले आपत्ति जनाएको छ।

मा प्रकाशित