१४ भदाै,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
बिहीबार इन्स्टिच्युट फर स्टाटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताहरुबारे सम्बोधन गर्दै मन्त्री डा. महतले राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमताकाे विकासमा पिन जाेड दिनु भयाे ।
अर्थमन्त्रीले ‘प्रतिस्पर्धाको बीचमा हामीले कसरी हाम्रो प्राथमिकता सेट गर्नुभन्दा अगाडि क्षमता वृद्धि गर्नुपर्ने आवश्यक भएकाेमा जाेड दिनु भयाे ।
‘सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दूमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुन्छन् । कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्दा राष्ट्रहित र राष्ट्रिय स्वार्थको परिपूर्ण हुन्छ, त्यसैका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्छ मन्त्री डा. महतले भन्नुभयो ।
‘हामीले पनि त्यही गर्नुपर्छ । हामीले सोच्ने भनेकै देशका लागि हो ।’
चाइना, भारत वा अमेरिकासँग हामीले डिल गर्दा हाम्रा कुरालाई बढी प्राथमिकतामा राखेर कुरा स्वभाविक भएको उहाँले बताउनुभयो ।
हामीले हाम्रा कुरा सुस्पष्ट, आधार र तथ्यांकसहित प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा उहाँले भन्नुभयो, ‘यो आवश्यकता र अधिकार हो भनेर प्रस्तुत हुने हो भने हामीले धेरै अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेछ ।
गुडविललाई हामीले सहयोगमा रुपान्तरण गर्न सक्छौं । यो सम्भावनालाई हामीले पूर्णरुपमा उपयोग गर्न सकेका छैनौं ।’
यसरी सुस्पष्ट ढंगले प्रस्तुत हुने हो भने छिमेकले कतै नेपाल मेरो विरुद्धमा त छैन भनेर प्रश्न गर्न सक्छन्, त्यसबाट हामी मुक्त हुन्छौं, मन्त्री डा. महतले भन्नुभयो, ‘हामी कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुँदैनौं, हामीले हाम्रो हित मात्र हेरिरहेका छौं बुझाइ हुन्छ ।’
हाम्रो आफ्नै राजनीतिक व्यवस्था र खुला समाज छ । हाम्रो आवश्यकताअनुसार त्यसलाई हामी परिमार्जित गर्दै लैजान्छौं ।
यी कुरा हामीले सम्बन्धित राष्ट्रलाई सुस्पष्ट ढंगबाट भन्नुपर्छ । हाम्रो छिमेकी राष्ट्रसँगको सम्बन्धमा हामीले हाम्रो राजनीतिक व्यवस्था के छ र हाम्रो आस्था के छ ? भन्ने आधारमा हाम्रो सम्बन्धको व्याख्या हुनुपर्छ ।
मा प्रकाशित