तातोपानी नाकाबाट सर्वसाधारणकाे आवतजावत खुल्ने

आर्थिक परिवेश

१४ भदाै,सिन्धुपाल्चोक ।  महाभूकम्प २०७२ पछि पहिलो पटक मानव आवतजावतका लागि तातोपानी नाका खुला हुने भएको छ ।

तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले ८ वर्षपछि सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।

लामो समय आवतजावत बन्द गरेको उक्त नाकामा चीनले शुक्रवारबाट आवतजावत खुला गर्न लागेको हो ।

गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीहरू बीच भएको बैठकले नाकाबाट स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले नाका खुलाउन नेपालकाे  तर्फबाट गरिने तयारी सबै गरेकाे जानकारी  दिनु भयाे  ।

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिना अघिबाट मालवाहक सवारीको आवतजावत खुलेको थियो। मानिस आवतजावत भने खुलेको थिएन।

सिन्धुपाल्चोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

मा प्रकाशित