खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि

आर्थिक परिवेश

१४ भदाै, काठमाडाैं ।  खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ।

निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २ सय ३५ रुपैयाँ बढेको छ।

यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ। यसअघि ग्यासको मूल्य १ हजार ६६० रुपैयाँमा खुद्रा विक्रि हुँदै आएको थियो।

गत साउन १६ गते निगमले नै प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको थियो ।  १ हजार ७ सय ९० मा बिक्रि हुँदै आएको ग्यासको मूल्य १ हजार ६ सय ६० कायम भएको थियो।

नेपाल आयल निगम संचालक समितिकाे भदाै १४ गतेकाे निर्णय अनुसार भदाै १५ गते विहान १ बजेदेखि लागू हुने गरी मुल्य वढाउकाे हाे ।

नयाँ मुल्य अनुसार खाना पकाउने ग्यासकाे  मुल्य  प्रितिसिलिण्डर २ सय ३५ रुपैयाँ तथा पेटाेल रिडजेल र मट्टीतेलमा प्रति लिटर ४ र ३ रूपैया मुल्य वढेकाे नेपाल  आयल निगमले जनाएकाे छ ।

मा प्रकाशित