१६ भदाै, न्युयाेर्क । संयुक्त राष्ट संघका लागि नेपाली राजदुत महामहिम लाेकबहादुर थापाले महासचिव एन्टाेनियाे गुटेरस समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएकाे छ ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय शुक्रवार आयोजित विशेष समारोहमा महामहिम थापाले, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधिकाे रूपमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनु भएकाे छ ।
प्रमाणपत्र पेश गरे पछि राजदूत थापाले महासचिव गुटेरेससँग शिष्टाचार भेट समेत गर्नु भएकाे छ ।
भेटकाे अवसरमा महासचिवले राजदूत थापालाई बधाई तथा स्वागत गर्नु भएकाे थियाे ।
महासचिवले राजदूत थापालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिको हैसियतमा कर्तव्य निर्वाह गर्न र नेपाल-संयुक्त राष्ट्र सम्बन्धलाई अझ प्रगाढ बनाउन सबै आवश्यक सहयोग गर्ने बताउनु भयाे ।
महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघमा नेपालले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै उक्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्नु भयाे ।
मा प्रकाशित