१७ भदाै,जनकपुरधाम । विगत केही बर्ष यता मधेश प्रदेशका जिल्लाहरूमा नयाँ उद्योग स्थापना हुने क्रम घट्दाे रूपमा देखिएकाे छ ।
गत वर्ष मधेश प्रदेशका जिल्लाहरूमा ३९ वटा नयाँ उद्योग सञ्चालनमा आएको मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
मधेश प्रदेशका जिल्लाहरूमा कम लागतमा उद्योग स्थापना हुने सम्भावना भएपनि खुल्ला सिमाना भएको र भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले उद्योग स्थापनाको गति सुस्त रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनु भएको छ ।
महेश प्रदेशका जिल्लाहरूमा हालसम्म ६ सय ११ उद्योग सञ्चालनमा रहेको छ । उद्योग क्षेत्रमा आर्थिक वर्ष २०७९।८० मा १ खर्ब ७० अर्ब ८२ करोड लगानी भएको मधेश सरकारको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश सरकारले उद्योग मैत्री नीति ल्याएपनि पर्याप्त मात्रामा उद्योग स्थापना हुन सकेको छैन ।
मधेश प्रदेशका ८ जिल्लामा रहेको ठूला, मझौला तथा साना उद्योगका साथै घरेलु उद्योगमा गरेर ६४ हजार ५ सय ८६ जनालाई रोजगारी दिने काम भएको छ ।
हाल प्रदेशमा १ लाख १८ हजार ८ सय २ वटा लघु, घरेलु तथा साना उद्योग दर्तामा रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
देशको कूल लघु, घरेलु तथा साना उद्योग मध्ये मधेश प्रदेशमा १७.६ प्रतिशत रहेको छ भने सो उद्योगमा ४ लाख ९१ हजार ९ सय ७३ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ ।
यो प्रस्ताव पुरा गर्नका लागि उद्योगको स्तर वृद्धि तर्फ सरकारले विशेष रुपमा ध्यान दिन आवश्यक रहेको छ ।
मा प्रकाशित