नेपाली सेयर बजारकाे परिसूचक नेप्से  आइतबार २९.८१ अंकले घट्याे

आर्थिक परिवेश

१७ भदाै, काठमाडाैं ।   साताको पहिलो दिन काराेबार दिन आइतबार नेपाली सेयर बजारकाे परिसूचक नेप्से  २९.८१ अंकले घटेको छ।

बजारकाे परिसूचक नेप्से २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा झरेको छ।

बजारमा अाइतवार नेप्से परिसूचक घटेकाे भए पनि कारोबार रकम भने  अघिल्लाे  दिनकाे तुलनामा बढेको छ।

आइतबार नेप्सेमा १ अर्ब १८ करोडको कारोबार भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) नेप्सेमा १ अर्ब १० करोडको कारोबार भएको थियो।

कारोबारमा आएका मध्ये ८ कम्पनीको सेयरमूल्य बढ्दा २१२ कम्पनीको घटेको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।

आइतबार थ्री स्टार हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सोल्टी होटलको सर्वाधिक ३ करोड ८८ लाखको कारोबार भएको छ।

मा प्रकाशित