आर्थिक कुटनीति बलियो बनाउन नीजि क्षेत्रको कृयाशिलता आवश्यक

आर्थिक परिवेश

१७ भदौ, काठमाडौं ।  वैदेशिक लगानी ल्याउन र निर्यात प्रवद्र्धन गर्न नेपाली कुटनीतिक नियोग र निजी क्षेत्रबीच सहकार्य हुन पर्नेमा आइतवार काठमाण्डौमा आयोजित छलफल कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्रको सहकार्य बिषयक छलफलका वक्ताहरुले त्यसतो धारणा राख्नु भएको हो ।

छलफलमा परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवद्र्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको वताउनुभयो ।

उहाँले विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदुतहरुले निजी क्षेत्रसंग पनि सहकार्य गर्नु आवश्यक भएको बताउनु भयो ।

नेपाल सरकार सुरक्षा परिषदका सल्लाहकार एवं पूर्व मुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरुले आप्mनो दायरा विस्तार गरि निजी क्षेत्रसंग सहकार्य गर्नुपर्ने वताउनुभयो ।

नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले आर्थिक कुटनीति विस्तारका लागि वहुपक्षीय निकायहरुसंगको सहकार्य आवश्यक रहेको वताउनुभयो ।

उहाँले निजी क्षेत्रले पनि वस्तु र बजार विविधिकरणमा ध्यान दिनुपर्ने वताउनुभयो ।

अर्थसचिव अर्जुनप्रसाद पोखरेलले आर्थिक कुटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने वताउनुभयो ।

छलफलमा नवनियुक्त राजदूत धनवहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य बिषयमा केन्द्रित भै सुझाव दिनुपर्ने वताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने वताउनुभयो ।

 

मा प्रकाशित