चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा : एफएओ

आर्थिक परिवेश

एफएओले एक मासिक प्रतिवेदनमा भनेको छ, “अगस्टमा विश्वव्यापी खाद्य पदार्थको मूल्यमा कमी आए पनि चामलको मूल्य अघिल्लो महिनाको तुलनामा ९.८ प्रतिशतले बढेको छ ।

जसले भारतले इन्डिका सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारमा आएको अवरोधलाई प्रतिबिम्बित गर्दछ ।”

संयुक्त राष्ट्र एजेन्सीले भनेको छ, “प्रतिबन्धको अवधिको बारेमा अनिश्चितता र निर्यात प्रतिबन्धहरूको चिन्ताको कारण आपूर्ति–श्रृङ्खलामा प्रमुख निर्यातकहरूले भण्डारणलाई बलियो बनाउन, पुनः वार्ता गर्न वा मूल्य प्रस्तावहरू गर्न बन्द सम्झौताहरू गरे, जसले गर्दा अधिकांश व्यापारलाई सानो आयातनमा सीमित ग¥यो ।”

कोभिड महामारी, युक्रेनमा जारी युद्ध र एल निनो मौसमी घटनाले उत्पादनको स्तरमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य बढेको हो ।

भारतले जुलाईमा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारतले गैर–बासमती सेतो चामलको कूल उत्पादनमध्ये लगभग एक चौथाई उत्पादन गर्छ ।

उपभोक्ता मामिला तथा खाद्य मन्त्रालयले उक्त कदमले ‘पर्याप्त उपलब्धता सुनिश्चित गर्ने’ र ‘घरेलु बजारमा मूल्यवृद्धिलाई कम गर्ने’ बताएको थियो ।

विश्वको कुल चामल ढुवानीमा ४० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ ।

तथ्याङ्क मुल्याङ्कन फर्म ग्रो इन्टेलिजेन्सले जुलाईमा प्रतिबन्धले अफ्रिकी देशहरू टर्की, सिरिया र पाकिस्तानलाई असर गर्ने चेतावनी दिएको थियो । यी सबै राष्ट्रहरू पहिले नै उच्च मुद्रास्फीतिसँग संघर्ष गरिरहेका थिए ।

विश्वको सबैभन्दा ठूलो चामल आयातकर्तामध्येको एक फिलिपिन्सले बिहीबार भियतनामसँग चामल खरिदका लागि पाँच वर्षे सम्झौता गरेको छ ।

एफएओका अनुसार, भारत र चीनसँग अघिल्लो बर्ष जस्तै यस परिमाणको लगभग तीन चौथाई हिस्सा रहेकाले विश्वमा चामलको मौज्दात १९ करोड ८१ लाख टन पुग्ने अनुमान गरिएको छ ।

यो सङ्ख्या सोही अवधिमा धान खपत हुने अनुमानको करिब ३८ प्रतिशत हो ।

तर बाँकी विश्वसँग रहेको धानको मौज्दातमा लगातार दोस्रो पटक सङ्कुचन आउने अनुमान गरिएको छ । एल निनोले अर्को बालीमा पनि नकारात्मक प्रभाव पार्न सक्छ ।

प्रमुख खाद्यान्न उत्पादक राष्ट्र रुस र युक्रेनबीच गत वर्ष युद्ध सुरु भएपछि बढेको विश्वव्यापी खाद्य वस्तुको मूल्य क्रमशः घट्दै गएको अवस्थामा भारतीय प्रतिवन्धले चामलको फेरि उच्च माग आएको हो ।एएफपी

मा प्रकाशित