
२३ भदाै, काठमाडाैं । भोजपुरका किसानहरू अन्य खेतीको तुलनामा चिराइतो खेतीतर्फ आर्कषित भएका छन् ।
मकै, आलुको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानहरु बहुउपयोगी जडीबुटी चिराइतो खेतमिा आर्कषित भएका हुन् ।
चिराइतो बिक्रीबाट वार्षिक रूपमा दशदेखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताउनुभयो ।
यस वर्ष आफ्नो बारीमा करिब ६० मन चिराइतो उत्पादन हुने उहाँको भनाइ छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ ।
चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने उनीहरू बताउँछन् ।
विगतका वर्षका तुलनामा पछिल्लो समय चिराइतोले राम्रो मूल्य पाउने गरेको स्थानीय कृषक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।
भोजपुरमा उत्पादित चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् ।
एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् ।
मा प्रकाशित