सूचना प्रविधिको विकासमा लर्ड बुद्ध एजुकेशन फाण्डेशनको भूमिका अतुलनीय : उपराष्ट्रपति

आर्थिक परिवेश

२५ भदौ , काठमाडौं ।   सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले २५ औं रजत जयन्ती मनाएको छ ।

२५ वर्ष अगाडी सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालिन सोच बनाएको थियो ।

आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने फाउन्डेशनबाट अहिले सम्म १२ हजार भन्दा बढी विद्यार्थी दिक्षीत भईसकेका छन ।

फाउन्डेशनले स्थापना कालदेखि नै सवैका लागि शिक्षा नीति अंगिकार गर्दै आएको छ ।

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विगतमा १० हजार महिलालाई निशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक एक जना किशोरीलाई प्रत्येक वर्ष निशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ ।

भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेशनले स्नातक र स्नातोकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृत समेत गर्दै लगेको छ ।

रजत जयन्तीका अवसरमा फाउन्डेसनमा २ दशक देखि संलग्न रहँदै आएका ९ जनालाई उपराष्ट्रपति रामशहाय प्रसाद यादवले सम्मान गर्नुभयो ।

रजयत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रसंशा गर्नुभयो ।

उहाँले भन्नुभयो, मुलुक डिजिटल युगमा प्रवेश गरीसकेको छ र हाम्रो भविश्य सूचना प्रविधिको विकाससंग जोडिएको छ ।

उहाँले पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती हासिल पनि भएका छन । नेपालको पहिलो आईटी कलेज भएकाले पनि सूचना प्रविधिको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेशन फाण्डेशनले खेलेको भूमिका अतुलनीय रहेकाे बताउनु भयाे  ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले शिक्षा मार्फत महिला सशक्तीकरणमा पनि महत्वपूर्ण योगदान गरेको बताउनु भयो ।

फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउदै भन्ने सरकारको नीतिलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न कलेज सफल भएको बताउनुभयो ।

नेपालमा दक्ष जनशक्ती उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उहाँको भनाई छ ।

फाउण्डेशनको रजत जयन्तीका अवसरमा मलेसियाको एसिया प्यासिफक विश्वविद्यालयका प्रमुख दतुक परमजीत सिंहले पनि सफलताको शुभकामना दिनुभएको थियो ।

मा प्रकाशित