शेयर बजार बढेर बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा

आर्थिक परिवेश

२७ भदाै, काठमाडौँ   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक बुधवार ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ ।

यस दिन बजारमा दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ ।

बुधवारको कारोबारमा सबै समूहका उपसूचकहरूमा हरियाली देखिएको छ । जसमध्ये जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै तीन दशमलव ६२  प्रतिशत र वित्त समूहको उपसूचक तीन दशमलव २० प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेकाे छ ।

त्यसतै समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ८६, अरुण काबेली पावर लिमिटेडको नौ दशमलव ०३ प्रतिशत र अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ ।

बुधवारकाे कारोबारमा थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैङ्क लिमिटेडको रु सात करोड ९३ लाख २५ हजार तीन सय ४७ बराबरको शेयर किनबेच भएको छ ।

यो साता शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब चार अर्ब ६२ करोड ५२ लाख ३८ हजार तीन सय २६ पुगेको छ ।

मा प्रकाशित