०८असाेज, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ। अध्यक्ष हमालले गभर्नर अधिकारीलाई सोमबार राष्ट्र बैंक पुगेर भेट गर्नु भएकाे हाे ।
राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा र महँगो ब्याजदरका कारण सेयर बजार बढ्न सकेको छैन। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर धितो कर्जाको सीमा हटाउनुपर्ने बताउँदै आएका छन्। उनले राष्ट्र बैंक, बोर्ड र नेप्सेका उच्च अधिकारीलाई बोलाएर बजार बढ्ने उपाय अवलम्बन गर्न पनि भनिसक्नु भएकाे छ।
सेयर बजार बियरिस बाटोमा रहेका बेला दुई वटा नियामक संस्थाका प्रमुखबीचको भेटवार्तालाई चासोका साथ लिइएको छ।