९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले उत्पादन बढन नसकेको तथा गरिवीको रेखाबाट माथि उठनु पर्नेमा जनताको अवस्था झन दयनीय हुदै गएको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।
उहाँले उद्योग व्यवसायहरु लिलामीमा तथा कालोसूचिमा परेको भन्दै त्यसको सुधारको लागि गम्भीर कदम उठाउनु आवश्यक भएको बताउनु भयो ।
सरकारमा रहेकाे बेला सम्मृद्ध नेपाल शुखि नेपाली भन्ने कार्यक्रम अघि सारेका अध्यक्ष ओलीले एमाले सरकारमा जानका लागि नहतारिएको उल्लेख गर्दै २०८४ काे मिशन सकिंदा सम्ममा उद्योग व्यवसाय र शेयर बजार नै बन्द पो हुने होकी भन्ने चिन्ता लागेको बताउनु भयो ।
उहाँले उद्योगी तथा वयवसायीहरुलाई आआफना खास समस्याहरु किटान गरी समाधानको लागि पहल गर्न आग्रह गर्नुहुदै विपक्षी दलको रुपमा एमालले पनि उद्योग व्यवसयका समस्या समाधानमा सक्दो पहल गर्ने बताउनु भयो ।
उहाँले वर्तमान सरकारले ल्याएकाे बजेट त्यती राम्राे नभएकाे भए पनि उद्याेगी व्यवसायीहरूले प्रतिस्पर्धा गरेर बजेटकाे प्रशंसा गरेकाे भन्दै व्यवसायीहरूमा रहेकाे स्पस्ट दृष्टीकाेणकाे अभाव र समस्या ठीक ढंगले राख्न नस्क्दा पनि मुलुककाे अर्थतन्त्र समस्यामा परेकाे उहाँकाे भनाइ थियाे।
अरू देशले बाहिरबाट जनशक्ती ल्याएर देकाे विकासकाे काम गरेकाे तर नेपालका दक्ष जनशक्ती विदेश पठाउने अवस्था चिन्तान्काे विषय भएकाे उल्लेख गर्नु भयाे ।
अध्यक्ष केपी शर्मा ओलीले देशमा उत्पादन बढनु पर्ने, नेपाली मुद्रा सवल हुनु पर्नेमा सरकारकाे ध्यान खाली सरकार कसरी िटकाउने भननेमा गएकाे भन्दै सरकारकाे अालाेचना गर्नु भयाे ।
उहाँले एमालेले उद्याेगी व्यवसायीहरूका माग र अर्थतन्त्रका समस्याका वारेमा सरकारसंग र नेपाल राष्ट बैकसंग पनि छलफल गर्ने बताउनु भयाे ।
मा प्रकाशित