प्रधानमन्त्री दाहाल र एशियाली विकास बैंकका पूर्व अध्यक्षको भेटवार्ता

आर्थिक परिवेश

२१ असोज,काठमाण्डौं ।  एशियाली विकास बैंकका पूर्व अध्यक्ष हारुहिको कुरोदाले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गर्नु भएकाे छ  ।

पाँचदिने भ्रमणमा रहेका कुरोदाले कार्बन उत्सर्जनको क्षेत्रबाट नेपालले विशेष लाभ लिनसक्ने बताउनु भयाे ।

जापानको केन्द्रीय बैंकका गभर्नर समेत रहिसकेका कुरोदाले पर्यावरण जोगाउन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको यस कार्यमा सघाउन जापान तयार रहेको जानकारी गराउनु भयाे  ।

सो अबसरमा प्रधानमन्त्री दाहालले वित्तीय सुधारका लागि वर्तमान सरकार क्रियाशील रहेको भन्दै जापान–नेपालको पुरानो सम्बन्ध नेपाल र नेपालीको समृद्धिका लागि थप उपयोग गर्नुपर्ने खाँचो औंल्याउनु भयाे  ।

नेपालको आर्थिक क्षेत्रको विकासका लागि कुरोदाले लिएको सक्रियताप्रति प्रधानमन्त्री दाहालले प्रसन्नता व्यक्त गर्दै आर्थिक विकासको क्षेत्रमा जापानले मारेको फड्को आफूहरुका लागि पनि प्रेरक भएको बताउनु भयाे  ।

यसैगरी कुरोदाले अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव कृष्णहरि पुष्कर, पूर्व अर्थमन्त्रीहरु, अर्थविद्, वाणिज्य बैंकका कार्यकारी अधिकृतहरुसंग नेपालको आर्थिक विकासका विभिन्न पक्षबारे छलफल समेत गर्नु भयाे  ।

मा प्रकाशित