४९ विद्यार्थीमध्ये ५ टोलीका ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारियाे

आर्थिक परिवेश

२२ असाेज, कञ्चनपुर ।   इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ६ टोलीमा गएका ४९ विद्यार्थीमध्ये ५ टोलीका ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जानकारी दिनुभयो ।

हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्रबाट ३२ जना सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीको उद्धार गरी इजरायली सेनाको सुरक्षा घेरामार्फत सुरक्षित स्थानतर्फ लगिएको नेपाली दूतावासलाई उद्धृत गर्दै रजिष्ट्रार पाठकले बताउनुभयो ।

सिकाइसँगै कमाइ कार्यक्रमका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो ।

जसमध्ये १७ जना नेपाली विद्यार्थी समेत रहेको फार्ममा आक्रमण हुँदा कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको अवस्था अज्ञात छ ।

कैलालीको टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल, दाङका प्रवीण डाँगी र सल्यानका विधान सेजवालको उपचार भइरहेको खबर छ ।

कैलालीको भजनी त्रिशक्तिका वीरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी भने सुरक्षित रहेको जनाइएको छ ।

उक्त घटनामा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये ७ जना सुदूरपश्चिमका रहेको बताइएको छ ।

कैलालीको घोडाघोडीका नारायणप्रसाद न्यौपाने र बौनियाका आशिष चौधरी, दार्चुलाको लेकमका दीपेशराज बिष्ट र मालिकार्जुनका लोकेन्द्रसिंह धामी, डोटीको पचनालीका राजन फुलारा र लामीखालका पदम थापा तथा बझाङको जयपृथ्वीका गणेशकुमार नेपालीको मृत्यु भएको दूतावास स्रोतले जनाएको छ ।

सोही घटनामा परेका धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार र सल्यानका प्रवेश भण्डारीले समेत ज्यान गुमाएको बताइएको छ ।

यी हुन उद्धार गरिएका नेपाली विद्यार्थीहरूः
१) रमेशबहादुर कार्की – बडिमालिका ७, बाजुरा
२) बिनोद प्रसाद शाह – गढिमाई ४, रौतहट
३) आभास भट्टराई – टीकापुर १, कैलाली
४) नरेश सिंह भण्डारी – कृष्णपुर २, कञ्चनपुर
५) लोकेन्द्र बिष्ट – मष्टामाण्डु ८, डडेल्धुरा
६) रोहित नायक – टीकापुर ६, कैलाली
७) निरञ्जन कुमार कुसहवा – पिपरीया ४, रौतहट
८) अरबिन कुमार चौधरी – दोधारा ९, कैलाली
९) उपेन्द्र जिसी – टीकापुर ९, कैलाली
१०) ओमप्रकाश उपाध्याय – धनगढी २, कैलाली
११) गणेश साउद – लम्कीचुहा १, कैलाली
१२) बादल सुवेदी – घोराही ४, दाङ
१३) प्रविण जिसी – सिम्ता २, सुर्खेत
१४) गणेशप्रसाद जोशी – मेलौली ५, बैतडी
१५) नबिन घिमिरे – बंगलाचुली ३, दाङ
१६) श्रेया तिवारी – रत्ननगर ४, चितवन
१७) बिपना जोशी – लम्किचुहा ७, कैलाली
१८) नारायण भुसाल – पयुं ५, पर्वत
१९) मनिषा खनाल – रेसुंगा २, गुल्मी
२०) लुईस रिजाल – गेरुवा ६, बर्दिया
२१) प्रमोद भट्ट – मेलौली ९, बैतडी
२२) अनुप अधिकारी – कमलामाई २, सिन्धुली
२३) समपर्ण आचार्य – तुल्सिपुर १२, दाङ
२४) निश्चल पाण्डे –टीकापुर १, कैलाली
२५) बिभुसा अधिकारी – भरतपुर १५, चितवन
२६) सुस्मा रेग्मी – बान्निगढी जैगढ २, अछान
२७) रचना चौधरी –टीकापुर १, कैलाली
२८) आशा मिश्र –लम्किचुहा ९, कैलाली
२९) कल्पना जोशी – गोदावरी २, कैलाली
३०) शिला कुमारी यादव – बढियाताल ३, बर्दिया
३१) साधना बोहरा – त्रिवेणी ५, सल्यान
३२) बिपिन सुवेदी – त्रिपुर ५, दाङ

मा प्रकाशित