२६ असोज, काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते अर्थात अक्टोबर १७ देखि २० तारिखसम्म काठमाडौँमा हुने भएको छ ।
एनआरएनएको महाधिवेशन अवसर पारेर यही असोज ३० गते अपराह्नदेखि कात्तिक १ गतेसम्म विश्व ज्ञान सम्मेलन हुने एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
महाधिवेशन अन्र्तगत यस पटक आगामी नेतृत्व चयन गर्ने कार्यक्रम पनि रहेको छ ।
महाधिवेशनको तयारीका लागि यसअघि ५९ देशमा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न भै चार हजार दुई सय २७ अन्तर्राष्ट्रिय प्रतिनिधि निर्वाचित छनौट भएका छन् ।
अनलाइन मतदान हुने भएकाले मतदाताले मतदान गर्नैका लागि महाधिवेशनस्थल नेपालमा आउनु नपर्ने तर उम्मेदवारले उम्मेदवारी दिन र उम्मेदवारका प्रस्तावक र समर्थकले भने सनाखतका लागि महाधिवेशनस्थल नेपाल अनिवार्य आउनुपर्ने छ ।
एनआरएनएको यस महाविधेशनमा हालसम्म अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा एवं उपमहासचिव विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
महाधिवेशनको तयारीका लागि हालसम्म अन्तिम नामावली तयार गर्ने, कार्यक्रमस्थल र निर्वाचनतालिका सार्वजनिक गर्ने, निमन्त्रणा, मतदातालाई बास बस्नेलगायत तयारी गरिसकेको एनआरएनए सचिवालयले जनाएको छ ।
महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछन् ।
हाल विश्वका ८६ देशमा गैरआवासीय नेपाली सङ्घले आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । यसै बीच अध्यक्षका उम्मेदवार आरके शर्माले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी आफना २४ बुदे बाचा सार्वजनिक गर्नु भएको छ ।
मा प्रकाशित