२० बर्षमा गैर आवासीय नेपाली संघले १ खर्ब भन्दा बढी लगानी नेपाल भित्र्याएको छ : डा केसी

आर्थिक परिवेश

२९ असाेज, काठमाडाैं ।  विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन मंगलवार असोज ३० गतेदेखि काठमाण्डौमा हुने भएको छ ।

नेपालीका लागि नेपाली” तथा “ज्ञान र रुपान्तरण समृद्धिको आधार भन्ने नाराका साथ आयोजना हुन लागेको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन लागि आवश्यक पर्ने सबै प्रतिनिधि तथा उम्मेदवारहरु काठमाण्डौ आइसकेका छन् ।

अन्तर्राष्ट्रिय महाधिवेशनकाे लागि अावश्यक सबै  तयारी सम्पूर्ण पुरा भएको गैर आवासीय नेपाली संघले सोमवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।


नेपाल सरकार, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन असोज ३० गते अर्थात १७ अक्टोबर २०२३ विहान राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु हुने भएको छ ।

अन्तर्राष्ट्रिय महाधिवेशन अन्तरगत ३० र १ गते अर्थाथ अक्टोबर १७ र १८ तारिखमा विश्व ज्ञान सम्मेलन हुने भएको छ ।

महाधिवेशनको क्रममा गैर आवासीय नेपाली युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाकोष र नागरिकता ऐन र मताधिकार सम्बन्धमा नेपाल सरकार र सरोकारवालासहितको विशेष छलफल सत्रहरुको आयोजना गरिएको छ ।

यसैगरी कार्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिने कार्यक्रम रहेको छ ।


संघको इतिहासमै पहिलो पटक फेसियल भेरिफिकेशन मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदै छन् ।

संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको गरुेर आवसीय नेपाली संघले जनाएको छ । नेपालमा आउनुभएका मतदाताको लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा गैर आवासीय नेपाली संघका कार्यबाहक अध्यक्ष डा.बद्री केसीले गैर आवासीय नेपाली संघले आफनो स्थापनाको २० बर्षमा १ खर्ब भन्दा बढी लगानी नेपालमा भित्र्याएको बताउनु भयो ।

त्यसका अतिरिक्त संघको पहलमा १० अर्ब भन्दा बढी रकम नेपालको परोपकारी सेवाको क्षेत्रमा खर्च गरिएको तथा नेपालमा ज्ञान, प्रविधि तथा शिप ल्याउने सन्र्दभमा पनि महत्वपूर्ण काम भएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा संघका अर्का अध्यक्ष कुल आचार्यले २० बर्षको अवधीमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सामाजिक सुरक्षा, बीमा र नागरिकताको व्यवस्था गर्न सफल भएको बताउनु भयो ।

मा प्रकाशित