एनआरएनए सचिवालयलाई बलियो, संगठित र पारदर्शी बनाउन मैले भूमिका खेल्छु

डा.ज्ञानेन्द्र रेग्मी, सचिवका उम्मेदवार (एनआरएनए)

 

गैरअवासीय नेपाली संघमा पछिल्लो समय विज्ञहरु नेतृत्वमा आउने प्रयास गरेका छन् तर तुलनात्मक रुपमा उनीहरुले जितेर आउने गरेको भने कम पाइन्छ ।
एनआरएनएको प्रभावकारीता बढाउन पनि नेतृत्वमा विज्ञ व्यक्तिहरुको खोजी गरिनु पर्दछ भन्ने अवाज पछिल्लो समय उठने गरेको छ । तर त्यसमा राजनीतिक प्रभावको कारण उनीहरुको उपस्थिति सधै नगण्य मात्रामा हुने गरेको छ ।

 

यस पटकको निर्वाचनमा अष्टे«लियाबाट त्यहाँको न्युसाउथ वेल्स राज्य सरकारका जलस्रोत विज्ञको रुपमा काम गरिरहनु भएका डा.ज्ञानेन्द्र रेग्मीले एनआरएनएको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिनु भएको छ ।

जलस्रोत व्यवस्थापन विषयमा विद्यावारिधी गर्नु भएका रेग्मीले नेपालमा जलस्रोत विकास र व्यवस्थापनमा एनआरएनएको माध्यमबाट योगदान गर्न आफूले उम्मेदवारी दिएको बताउनु भयो ।

४ बर्षसम्म थापाथली इन्जिनियरिड. क्याम्पसमा जलस्रोत व्यवस्थापन विषयमा अध्यापन गराउनु भएका रेग्मीले गैर अवासीय नेपाली संघमा विज्ञहरुको उपस्थिति बढाउन पनि आफूले सचिव पदमा दावी गरेको बताउनु हुन्छ ।

नेपालमा सामुहिक लगानीका लागि नेपाल सरकारसंग साझदारी गरेर अघि बढनु आवश्यक रहेकोले एनआरएनएले त्यसता विज्ञहरुलाई परिचालन गर्नेगरी ठुला मेघा प्रोजेक्टहरुमा लगानीको पहल गर्न सकिन्छ, रेग्मीको विश्वास छ ।

“एनआरएनएमा विज्ञहरु सम्मिलित एक विभाग नै गठन गरेर त्यसको सुझावको आधारमा नेपाल सरकारसँगका नीतिगत तथा विषयगत वार्ता एवं परामर्शहरुलाई थप प्रभावकारी बनाउन सकिन्छ” रेग्मीले भन्नु भयो ।

एनआरएनएले स्थापनाकालको उद्देश्य, हाल नेपाली जनता र राष्ट्रले गरेको अपेक्षा अनुसारको भूमिका खेल्न नसकेको उल्लेख गर्दै आफूले सचिवमा विजयी प्राप्त गरेको खण्डमा सचिवालयलाई बलियो बनाउने तथा विज्ञकाे रूपमा अबैतनीक रुपमा नेपालमा योगदान गर्ने तत्परता समेत व्यक्त गर्नु हुन्छ ।

अहिले एनआरएनएमा जसरी हुन्छ चुनाव जित्न विभिन्न हत्कण्डा अपनाउने र जितेपछि खादा लगाएर नेता हुने गरेको मात्र देखिएको छ । यसले जनसैवी संस्थाको सेवाभाव भन्दा बढी राजनीति लक्षित गतिविधि हुँदा प्रभावकारिता बढन नसकेको उहाँको ठम्याइ छ ।

कुरा धेरै गर्ने काम कम गर्ने प्रवृति एनआरएनएमा मौलाउदै गएकोले त्यस्तो प्रवृतीलाई समयमै नियन्त्रण गर्न सकेमा मात्र संस्थाको प्रभावकारी बढाउन सकिनेमा रेग्मीले जोड दिनु हुन्छ ।


“गैरआवासीय नेपाली संघले गर्ने कामहरु अध्ययनको आधारमा, त्यसको प्रभाव, दिगोपना र नेपालको अर्थतन्त्रमा पार्ने प्रभावलाई हेरेर गर्नु उपयुक्त हुने भएकोले कम्तीमा १० बर्षको रोड म्याप बनाएर आफना काम अघि बढाउनु उपयुक्त हुन्छ,” रेग्मीले उल्लेख गर्नु भयो ।

नेतृत्वमा प्रवुद्ध व्यक्ति, युवा तथा विज्ञहरुको उपयुक्त ढंगले प्रतिनिधित्व गराउन सकियो भने मात्र त्यसको प्रभाव राम्रो पर्छ ।

प्रवुद्ध र युवाले विज्ञहरुको परामर्शमा काम गर्ने अवस्था निर्माण भएको दिन गैर आवासीय नेपाली संघको लोकप्रियता तथा प्रभाव नेपालको विकास, लगानी तथा प्रविधिको उन्नयनमा प्रभावकारी हुन्छ । तसर्थ हाम्रा मतदाताहरले मतादानको क्रममा यस्तो विषयमा विवेकको प्रयोग गर्न मतदाताहरुलाई आग्रह गर्दछु रेग्मीले भन्नु भयाे ।

प्रतिनिधि छनौट गर्दा जिल्ला,जात, विचारभन्दा माथि उठेर काम गर्न सक्नेलाई छनौट गर्न रेग्मीले मतदाताहरुलाई आग्रह गर्नु भएको छ ।

 

मा प्रकाशित