३० असोज, काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार संभावनाको सदुपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ ।
आजदेखि काठमाण्डौमा शूरु भएको गैर आवासीय नेपाली विश्व सम्मेलन,११औं अन्तराष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको समुद्घाटन गर्नुहँदै राष्ट्रपति पौडेलले नेपालको जलस्रोत,पूर्वाधार,शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानीको प्रयाप्त संभावना रहेकोले लगानी गरी आभ लिन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो ।
नेपाल आर्थिक रुपमा सम्वृद्ध भए मात्र विश्वको जुनसुकै स्थानमा रहेका नेपालीहरुको पनि शिर ठाडो हुने भएकोले नेपालको सम्वृद्धिमा योगदान गर्न आवश्यक रहेकोमा पनि राष्ट्रपति पौडेलले जोड दिनु भयो ।
नेपाललाई शुसासन,विकास र सम्वृद्धिको क्षेत्रमा अघि बढाउन गैर आवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने समेत राष्ट्रपति पौडेलले बताउनु भयो ।
समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालका विकासका संभावनाहरु उजागार गर्न तथा लगानी भित्र्याउन निजी क्षेत्रसंग मिलेर अघि बढ्न सकिने बताउनु भयो ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल र नेपालीले गैर आवासीय नेपालीहरुप्रति धैरै आशा गरेकोले हामीले कमाएको पूँजी नेपालमा लगानी गरी नेपालको विकासमा योगदान गर्न आग्रह गर्नु भयो ।
संघका अध्यक्ष कुल आचार्यले लामो प्रयास पछि गैर आवासीय नेपालीहरुले नागरिकता प्राप्त गर्न थालेको उल्लेख गर्दै गैर आवासीय नेपालीलाई आफनो जन्मभूमिको मोटो बेचेर विदेशमा रकम नलैजान आग्रह गर्नु भयो ।
गैरआवासीय नेपाली संघका कार्यबाहक अध्यक्ष डा.बद्री केसीले लामो समयदेखिका विभिन्न कामहरु हालै कार्यान्वयनमा गएको बताउनुहुँदै अब संघको ध्यान देशको विकासमा योगदान पुरयाउने काममा केन्द्रीत हुने बताउनु भयो ।
उहाँले इराक लगायतका केही मुलुकमा गएका नेपाली कामदारहरु राहदानीको अभावमा लामो समयदेखि स्वदेश फर्कन नपाएको भन्दै उनीहरुलाई राहदानी दिने व्यवस्थाका लागि सरकारसंग माग गर्नु भयो ।
संघको ११औं अन्तराष्ट्रिय महाधिवेशन ४ दिनसम्म चलेर नयाँ कार्यसमिति छनौट गरी र्कािर्तक ३ गते समापन हुने कार्यक्रम रहेको छ ।
मंगलवार र बुधवार तेस्रो ज्ञान सम्मेलनको आयोजना गरी नेपालको विकास, लगानी तथा प्रविधि लगायतका विषयहरुमा छलफल गरी निष्कर्ष नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
मा प्रकाशित