०३ कातिर्क, नेपालगञ्ज । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुषालले समग्र कृषि अनुसन्धानलाई सबल बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
बाँकेमा आज कृषि मन्त्रालय अन्तर्गतका संघीय कार्यालय अनुगमन तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नार्क पशु प्रजनन कार्यालय अवलोकनका क्रममा मन्त्री भुषालले कृषि अनुसन्धान निर्देशनालय (नार्क) को पुनर्संरचना आवश्यक रहेको बतउनुभयो ।
उहाँले प्रदेश कृषि अनुसन्धान तथा समन्वय रणनीति छिट्टै तयार गर्न सबै प्रदेशका निर्देशकलाई निर्देशन दिनुभयो ।
विकसित प्रविधिलाई किसानसम्म प्रसार गर्न व्यापक अभियान चलाउनुपर्ने मन्त्री भुषालको भनाई छ । उहाँले बजेट र कर्मचारीको सीमितताका बाबजुद कृषि अनुसन्धानले गरेको उपलब्धि उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।
मा प्रकाशित