चीनले १० करोड सहयोग गर्ने

आर्थिक परिवेश

१९ कात्तिक ,काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्ने जनाउनुभएकाे छ।

शनिवार सामाजिक सञ्जाल एक्स मार्फत उहाँले आपतकालिन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग कार्यक्रमको घोषणा गरेको बताउनु भयाे ।

चीनको साउथ एसियन कन्ट्रीज इमरजेन्सी सप्लाइज रिजर्भले प्रदान गर्ने उक्त सहयोग भोलीसम्ममा आइपुग्ने छ । चीनले सहयोग गर्ने थप सहायताहरू आउने क्रममा रहेको जनाइएको छ ।

 

मा प्रकाशित