२२ कार्तिक ,कास्की । चिनले ३० करोडको राहात सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ।
बुधवार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरका सामाग्री उपप्रधानमन्त्री नारायाणकाजी श्रेष्ठले बुझ्नु भयाे ।
उहाँले राहात सामाग्री नेपाललाई हस्तान्तरण गरेकाेमा चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ ।
हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदुत छन् सङले झण्डै ३० करोड बराबरको राहत सामाग्री नेपाललाई हस्तान्तरण गर्नु भएको हो ।
चिनियाँ राजदुत सङले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री हस्तान्तरण गर्नु भयो ।
नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुस्खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भयो ।
त्यसक्रममा राजदुत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गर्नु भयो ।
दुईवटा एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ ।
जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन् ।
पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी गरीएको छ ।
भूकम्पपीडितका लागि राहत बोकेका चिनियाँ सेनाको जहाज बुधवार बिहान पोखरामा
भूकम्पपीडितका लागि राहत बोकेका चिनियाँ सेनाको जहाज बुधवार बिहान पोखरा विमानस्थलमा अवतरण गरेकाे थियाे ।
बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । चिनियाँ सेनाको जहाजसँगै कार्गो विमान पनि विमानस्थलमा अवतरण भएको थियाे ।
१ लाख ७९ हजार किलो राहत सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको जहाज बिहान छेन्दुबाट पोखरा आएको हो ।राहत सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट रुकुम पश्चिम र नेपालगन्ज पुर्याउने छ ।
उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ। यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप ३० करोड बराबरको राहत घोषणा गरेको हो।
यसअघि पहिलो खेपमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ।
राजदूत सोङका अनुसार मंगलबार घोषणा भएको १३ मिलियन आरएमबी अर्थात् नेपाली १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ।
नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले दिने यो नगद सहयोगलाई चीनले आपत्कालीन नगद सहयोग भनेको छ।जसलाई नेपालका भूकम्पपीडितको राहतमा खर्च गरिने भएको छ।
मा प्रकाशित