पोखराको सेती नदी माथि नयाँ डिजाइनको सिग्नेचर पुल निर्माण सुरु

आर्थिक परिवेश

२५ कार्तिक, पाेखरा ।  पोखराको सेती नदी माथि नयाँ डिजाइनको सिग्नेचर पुल निर्माण सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शनिबार पुलको शिलान्यास गर्नु भएकाे छ ।

शिलान्यास कार्यक्रममा मन्त्री ज्वालाले मुग्लिन हुँदै पोखरा आवतजावत गर्न पुलका कारण भएको असहजता नयाँ पुलले हटाउने बताउनु भयाे ।

उहाँले पुल निर्माण सम्झौताअनुसार समयमै पुरा गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनु भयाे ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न लागेको हो। भ्याटबाहेक ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भ्याटसहित १ अर्ब १० करोड रुपैयाँ यसको कुल लागत रहने छ।

मन्त्रालयका अनुसार यो सेती नदीमा निर्माण गर्न लागिएको पुल ‘केबल- स्टेड’ प्रविधिको छ। यसको ठेक्का २०७९ भदौमा नै रसुवा कन्स्ट्रक्सनले पाएको छ। त्यही अनुसार यसको २०८२ भदौसम्ममा निर्माणको कार्य सम्पन्न गर्नु पर्नेछ।

गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो गरी पुल निर्माण सुरु भएको मन्त्रालयले जनाएको छ। यो पुल बनेपछि त्यहाको सडक ६ लेनको हुनेछ।

यो पुल निर्माणको सुपरिवेक्षणको लागि परामर्शदाता इन्जिनियर रेनार्डेट एसए स्वीट्जरल्यान्डले सोयल टेष्ट नेपाल र सीमेट कन्सल्ट्यान्ट नेपालको सहकार्यमा काम कारेको हो।

ठेक्का सम्झौता अनुसार सडक विभाग आयोजना निर्देशनालय एडीबी इम्प्लोयरको रुपमा छ।

स्वीकृत डिजाइन अनुसार हाल विद्यमान सेती नदी पुलको डाउन-स्ट्रिम र अप- स्ट्रिममा २ वटा २/२ लेनको एक्स्ट्रा डोजेन केबल स्टेयड ब्रिज अर्थात सिग्नेचर ब्रिज निर्माण हुनेछ।

दुबै पुलको लम्बाइ १९० मिटरको छ। यसै ठेक्कामार्फत पुलको दायाँ र बायाँ एप्रोचमा ५०० मिटरको सर्भिस लेन सहितको सडक पनि निर्माण हुनेछ।

मा प्रकाशित