भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रियाे

आर्थिक परिवेश

२८ कार्तिक , वीरगंज ।    तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट सुख्खा फलफूल, ड्राई फ्रुट्स, भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रिएको छ ।

एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै  ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ ।

यस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफूलहरू झण्डै ९० करोड भन्दा बढीको भित्रिएको छ ।

नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटिकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले यसलाई कतिपयले ‘भाइ मसला’ समेत भन्ने गर्दछन् ।

तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदामलगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्दछ ।

नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटाली, भियतनाम, यूएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिका लगायतका मुलुकबाट ड्राई फ्रुट्स आयात हुने वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताउनु भयो ।

बीरगंज नाकाबाट कार्तिक महिनामा सुख्खा फलफूल, मिठाई, चकलेट लगायतका सामग्री १८ लाख ३५ हजार ४ सय ९६ किलो ग्राम भित्रिएको बीरगंज भन्सार कार्यालयले जनाएको छ ।

मा प्रकाशित