२९ कार्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल मुुलुकको अर्थतन्त्र र धितोपत्र बजारको अवस्थालाई ध्यानमा राखि आइपिओ तथा एफपिओहरुलाई स्वीकृती दिने क्रमलाई केही सूस्त बनाएको छ ।
बजारमा आइपिओ तथा एफपिओ निष्काशनका लागि आवेदन दिने कम्पनीहरु धेरै रहेको अवस्था हाल रहेको छ ।
बजारको घटदो अवस्था तथा लगानीर्ताहरुको कमजोर मनस्थिति जस्ता कुरालाई आधार मानेर स्वीकृती प्रदान गर्ने क्रमलाई केही समयका लागि सुस्त बनाएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताउनु भयो ।
बोर्डले विगत दुई महिनादेखि यो क्रमलाई सुस्त बनाएको र अझै २ र ३ महिना सम्म यस क्रममालाई लम्ब्याउने तयारी रहेको अध्यक्ष हमालले बताउनु भयो ।
आइपिओ तथा एफपिओको स्वीकृती प्रदान गर्ने क्रमलाई रोक्ने कानुनी व्यवस्था नरहेकोले बजारलाई लगानीकर्ताहरुलाई र निजी क्षेत्रलाई पनि असर नपर्ने गरी समझदारीको आधारमा यो सुस्त गर्ने प्रकृया अपनाइएको पनि अध्यक्ष हमालले उल्लेख गर्नु भयो ।
मा प्रकाशित