सी जिनपिङ र जो बाइडेन बीच सानफ्रान्सिस्कोमा भेटवार्ता सम्बन्ध सुधारकाे संकेत

आर्थिक परिवेश

३० कात्तिक, काठमाडौं ।  अमेरिका र चीनका राष्ट्रपतिबीच अमेरिकाकाे क्यालिफोर्नियामा भेटवार्ता भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता भएको हो ।

बाइडेन र सीबीचको यो भेटवार्ता लामो समयदेखिको दुइ देश बीचकाे तिक्तता घटाउन सहयोगी बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भेटवार्ता पछि  पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीन बीच सैन्य सम्पर्क फेरि स्थापित हुने बताउनु भएकाे  बीबीसीले जनाएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले दुवै देशले संयुक्त रुपमा सही धारणा विकसित गर्नुपर्ने बताएका थिए । उनले अमेरिकासँग द्विपक्षीय सम्बन्ध सुमधुर बनाउनका लागि अधिक सञ्चार, अधिक सम्वाद र अधिक परामर्शमा जोड दिनु भएकाे छ ।

अमेरिकासँग सधैं स्थीर, स्वस्थ र टिकाउ सम्बन्ध राख्न चीन प्रतिबद्ध रहेको भन्दै सीले एक अर्कालाई सम्मान गर्दै शान्ति र सहअस्तित्वको सम्बन्धमा जोड दिनु भएकाे छ  ।

अमेरिका र चीन बीच अविश्वासको खाडल हुन हुदैन  , ‘अमेरिका र चीनलाई अलग्याउने असहमतिको खाडल हुनुहुँदैन । यसको सट्टा दुवै पक्षलाई जोड्ने पुल बनाउने तरिका खोज्नु आवश्यक छ, सीले भन्रु भयाे ।’

विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच दक्षिण चीन सागरमा सैन्य गतिविधि, इजरायल-हमास युद्ध, रुस-युक्रेन युद्ध लगायतका कयौं विषयमा गहिरो मतभेद छ ।

व्यापार युद्ध लगायतका कारणले लामो समयदेखि सम्बन्ध बिगि्रएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ५ खर्ब ५० अर्ब डलरभन्दा बढी मूल्यका सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाइदिएका थिए । चीनले पनि सोही शैली अपनाउँदै अमेरिकी सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाएर जवाफ फर्काएको थियो ।

पछिल्लो समय चीनको एक बेलुनलाई अमेरिकाले जासुसी बेलुन भन्दै समुद्रमा खसालिदिएपछि र अमेरिकी प्रतिनिधि सभाको तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि दुई देशबीचको सम्बन्ध थप बिगि्रएको थियो । यसबाट रुष्ट चीनले अमेरिकासँगको सैन्य सम्पर्क बन्द गरेको थियो ।

सन फ्रान्सिस्कोमा दुई देशका राष्ट्रपति बीच भएको भेटपछि भने अमेरिकी राष्ट्रपति बाइडेनले सैन्य सम्पर्क पुनः बहाल हुने र चिनियाँ राष्ट्रपति सीसँग सम्वाद जारी रहने बताउनु भएकाे छ ।

मा प्रकाशित