कर्जाको माग घटेर तरलता बढेपछि बाणिज्य बैकहरुले ब्याजदर एकल दरमा झारे

आर्थिक परिवेश

३० कार्तिक , काठमाडौं ।   कर्जाको माग अपेक्षा अनुसार नबढेपछि मंसिरबाट लागू हुने गरी अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् ।
पछिल्लो समय बैकहरुमा लगानी योग्य रकम तरलता प्रयाप्तताको अवस्थामा  सुधार भएको छ ।

बैकहरुले गर्ने नाफामा कमि भएको तथा खराव कर्जाको अवस्था पनि बढेकोले बैकहरुले आपसी समझदारीमा ब्याजदर एकलदरमा झारेका छन् ।

बैकहरुले लिने ब्याजदर धेरै भएको भन्दै देशका विभिन्न स्थानहरुमा केही समय अघि आन्दोलनहरु समेत भएका थिए ।

धरै व्यापारीहरुले बैक ब्याजदर तिर्न नसकेको भन्दै ब्यापार र व्यवसाय समेत बन्दगर्नु परेको बताउदै आएका छन् ।

हाल कायम २० बाणिज्य बैकहरु मध्ये १३ वटा बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएको जनाएका छन् ।

६ वटा बैंकले ब्याजदर फेरबदल गरेका छैनन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ । माछापुच्छ्रेले संस्थागततर्फ १.११३ र व्यक्तिगततर्फ ०.६१३ अंकले ब्याजदर बढाएको छ ।

मंसिर महिनाका लागि प्रकाशित ब्याजदर अनुसार एनआईसी एसियाले ब्याजदर सबैभन्दा धेरै घटाएको छ ।

ब्याजदर धेरै घटाउने अर्को बैंक एनएमबि हो । उसले ब्याजदर व्यक्तिगत र संस्थागत दुवैतर्फ १.२४३ अंकले घटाएको छ । एनएमबिमा अब व्यक्तिगत निक्षेपको ब्याजदर ९.७६ र संस्थागत निक्षेपको ब्याजदर ७.७६ प्रतिशत कायम भएको छ ।

बजारमा तरलताको अवस्थामा सुधार भएको नोको माग बढन नसकेको तथा अन्य आर्थिक परिसूचकहरु पनि क्रमश सुधार हुदै गएकोले अधिकाश बैकहरुको ब्जयाजदर घटाएको र यो घटने क्रममा रहेको नेपाल बैर्कस संघका अध्यक्ष सुनिल केसीले बताउनु भयो ।

मा प्रकाशित