१० मंसिर, काठमाडौँ । नेपाली धितोपत्र बजारकाे कारोबार मापक नेप्से परिसूचक आइतवार उच्च अङ्कले उकालो लागेको छ ।
यस दिन परिसूचकका साथै काराेवार रकममा पनि उच्च अंकले वढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतवार नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अङ्कले उकालो लागेर तीन सय ६४ दशमलब ८१ म पुगेको छ ।
नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर र दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ मूल्यमा कारोबार भएको छ ।
याे कारेबार रकम विगत दुइ महिना यताकाे सबै भन्दा उच्च रकम हाे ।
नेप्सेका अनुसार, कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको र११ करोड ६६ लाख ६७ हजार दुई सय ६० रूपैया बराबरको कारोबार भएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सात करोड ५६ लाख ९४ हजार पाँच सय २१, नबिल बैंक सात करोड ३७ लाख १२ हजार दुई सय ८० ,सिटिजन लाइफ इन्स्योरेन्सकाे पनि उच्च काराेवार भएकाे छ ।
टिजन लाइफ इन्स्योरेन्सकाे छ करोड ३४ लाख ८६ हजार तीन सय छ र आइएमई लाइफ इन्स्योरेन्स पाँच करोड ९८ लाख ८३ हजार पाँच सय २४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
छ्याङ्दी हाइड्रोपावर,भगवती हाइड्रोपावर,विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
स्वरोजगार लघुवित्त नौ दशमलब ८९ र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले नौ दशमलब ८८ प्रतिशतले कमाएका छन् ।
यस्तै,इन्फिनिटी लघुवित्त दुई दशमलब ४७,एनएमबी सुलभ इन्भेक्ष्टमेन्ट फण्ड दोस्रो,आशा लघुवित्त दुई दशमलब ४४,आत्मनिर्भर लघुवित्त दुई दशमलब ३९ र नबिल डिवेञ्चरका लगानीकर्ताले एक दशमलब ९९ प्रतिशतले गुमाएका छन् ।
मा प्रकाशित