१२ मंसिर, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताउनुभएको छ ।
राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज यहाँ आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखिएको नीति निर्माणको सम्पूर्ण काम पूरा भएकाले केही दिनमा मन्त्रिपरिषदमा पेस गरिने बताउनुभयो ।
उहाँले कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर नीतिमा समेटिएको बताउनुभयो ।
साना किसानलाई संरक्षण गर्न उनीहरूको उत्पादनलाई मूल्य शृङ्खलामा जोड्ने बताउँदै मन्त्री भुसालले मूल्य शृङ्खलाबाट कृषि वस्तुको बजारीकरणको विकास गरी कृषकको आम्दानीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत दिइने उहाँको भनाइ छ ।
उहाँले कृषि भूमिको अनुपयुक्त प्रयोग एवं विभिन्न प्रकोपका कारण कृषि भूमिको उर्वराशक्ति घट्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
मा प्रकाशित