१३ मंसिर,काठमाडौं । पछिल्लो समय एनसेलको स्वामित्व सम्हालदै आएको मलेसियाको आजियाटा बर्हार्डले कम्पनीकाे स्वामित्व बाट बाहिरिने निर्णय गरेको छ ।
नेपालको टेलिकम क्षेत्रको अवस्था बदलिएको भन्दै आजियाटाको हालैको बोर्ड बैठकले बाहिरिने निर्णय गरेको हो ।
एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ । एनसेलमा आजियटाको ८० प्रतिशत सेयर स्वामित्व छ ।
एनसेलमा नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको २० प्रतिशत सेयर छ ।
एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले यो आर्थिक वर्षको हालसम्म आजियाटाको खुद घाटा १ अर्ब ३० करोड मलेसियन रिंगिट पुगेको कम्पनीका ग्रूप सीईओ तथा प्रबन्ध निर्देशक विवेक सूदले गरेको प्रस्तुतिमा उल्लेख छ ।
एनसेलको ८० प्रतिशत सेयर ७ वर्ष अगाडि टेलियासोनेराबाट आजियाटाले किनेको थियो ।
एनसेलको २०२२ को कुल आम्दानी १ अर्ब ५ करोड मेलेसियन रिंगिट रहेको आजियाटाले जनाएको छ । जुन सन् २०२३ मा घटेर करिब ९८ करोड मेलेसियन रिंगिटमा झरेको छ ।
आजियाटाको लगानी रहेको गरुपको आम्दानी उक्त वर्षमा समग्रमा १३ प्रतिशतले बढ्दा एनसेलको भने ७ प्रतिशतले घटेको उल्लेख गरेको छ ।
मा प्रकाशित