हिमालय एयरलाइन्सले शुरू गरयाे काठमाडाैदेखि चीनको साङ्घाई सिधा उडान

आर्थिक परिवेश

१६ मंसिर, काठमाडौँ ।  विदेशी लगानीकाे नेपाली एयरलाइन्स  हिमालय एयरलाइन्सले काठमाडाैदेखि चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ ।

एयरलाइन्सले चीनको ठुलो अार्थिक राजधानी शहर साङ्घाईमा शनिवारदेखि नियमित उडान प्रारम्भ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिवार विहान ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो ।

उक्त जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौँ  विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ ।

काठमाडौँ-साङघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ ।

साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको जनाएकाे छ ।

उद्घाटन उडान बारे जानकारी दिन शिनवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देश बीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयाे ।

उहाँले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौँ–साङ्घाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्नेमा बताउनु भयाे  ।

उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरु खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि वढने अपेक्षा गरेकाे बताउनु भयाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गर्नु भयाे  ।

उहाँले पछिल्लो समय काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रिय तर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत-जावत गरिरहेको जानकारी दिनु भयाे  ।

साङ्घाई जनवादी गणतन्त्र चीनको ठुलो सहरमध्ये एक हो । करिब  ४० मिलियन जनसङ्ख्या रहेको साङ्घाई चीनको उद्योग कलकारखानाको शहर वा आथिर्क राजधानीका रूपमा  कहलिएको छ । यो चीनको मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।

मा प्रकाशित