वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात र जाँचपास बढ्याे

आर्थिक परिवेश

१७ मंसिर,वीरगञ्ज ।  मुलुकको आर्थिक गतिविधि चलायमान बन्दै गएपछि वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात बढ्नुको साथै सवारी साधनको जाँचपास हुने क्रम समेत बढेर गएको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा वीरगञ्ज नाकाबाट १ हजार २७ थान जीप, कार, भ्यान, बस र ट्रकका चेसिस एवं टिपर लगायतका सवारी साधन जाँचपास भएका छन्  ।

८ हजार ८ सय ६९ थान मोटर साइकल वीरगञ्ज नाका हुँदै जाँचपास भई मुलुकका विभिन्न स्थानमा गएका छन् । यसबाट ३ अर्ब ६४ करोड ९९ लाख ४१ लाख राजस्व असुली भएको छ ।

वीरगञ्ज भन्सार कार्यालय आईसिपीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष ४ महिनामा वीरगञ्ज हुँदै भित्रिएका ६ सय ९९ जिप, कार, भ्यान भन्सार जाँचपास भएका छन् ।

यसबाट २ अर्ब ४२ करोड, ७५ लाख राजस्व प्राप्त भएको छ । त्यसैगरी वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको ४ महिनामा ८ हजार ८ सय ६९ वटा मोटर साइकल भन्सार जाँच पास भई गएका छन् ।

यसबाट ८० करोड, १९ लाख, ८० हजार राजस्व प्राप्त भएको छ । त्यसैगरी सो अवधिमा ३ सय २८ वटा बस ट्रकका चेसिस जाँचपास भएका छन् ।

यसबाट ४२ करोड ४ लाख ५६ हजार राजस्व प्राप्त भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

वीरगन्ज तथा सिर्सिया सुक्खा बन्दरगाह भन्सारको नियमन गर्दै आएको इन्टर मोडल यातायात विकास समिति वीरगन्ज कार्यालयको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको हालसम्म १ हजार २७ थान नयाँ जीप, कार, भ्यान, ट्याक्टर तथा बस र ट्रकका चेसिस एवं टिपर लगायतका सवारी साधन जाँचपास भएका छन् ।

हाल वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसरमा जाँचपास नगरी पार्किङ गरिएका नयाँ सवारी साधन समेत १ हजार ५ सय २५ भन्दा बढीको सङ्ख्यामा रहेको इन्टर मोडल यातायात विकास समिति वीरगन्ज कार्यालयको प्रमुख कमल ज्ञवालीले बताउनुभयो ।

वीरगन्ज भन्सारले सङ्कलन गर्ने राजश्वमा नयाँ सवारी साधनको योगदान सबैभन्दा बढी रहने गरेको छ । गत बर्ष देखि नयाँ सवारी साधनको आयात तुलनात्मक रुपमा घटेसँगै भन्सारको राजश्व असुलीमा प्रभाव परेको छ ।

वीरगन्ज भन्सार कार्यालय आईसिपीका प्रमुख भन्सार प्रशासक डिला राम पन्थीले वीरगञ्ज भन्सारको राजस्वको मुख्य श्रोत नै नयाँ सवारी साधन र इन्धन भएको छ ।

नयाँ सवारी साधनको आयात तथा जाँचपास र इन्धनको आयात पुरानै अवस्थामा फर्किए त्यसको सकारात्मक प्रभाव राजस्व असुलीमा पर्ने दाबी उहाँले  गर्नुभयो ।

मा प्रकाशित