२४ मंसिर, काठमाडौ । मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैकले लचकता अपनाए पछि त्यसको प्रभाव आइतवार नेपाली शेयर बजारमा परेको छ ।
यस दिन सेयर बजार परिसूचक ९ मिनेटको अवधीमा १११.२० अंकले बढेको छ ।
कारोवार शुरु भएको केही क्षणमै परिसूचक उच्चदरले बढे पछि नेपाल स्टक एक्सचेञ्जले बजारमा ३ पटकसम्म सर्किट लगाएको थियो ।
यस दिन शेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको छ ।
बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो ।
पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५ प्रतिशत पुगेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो । ११ बजेर २७ मिनेट जाँदा बजार ५ प्रतिशतले बढेको थियो ।
त्यसपछि १२ बजेर ७ मिनेटमा खुलेको बजार २ मिनेटमै ६ प्रतिशतले बढ्यो । त्यसपछि कारोबार बन्द भएको हो । कारेवार बन्द हुँदा सम्ममा नेप्से परिसूचक १९६३.९८ अंकमा पुगेको छ ।
यस दिन २२७ कम्पनीको सेयर मूल्य बढ्दा जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन ।
यो उपसमूहको सूचक ८.६३ प्रतिशतले बढेकोे छ । यस दिन एक दर्जनभन्दा बढी कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतवार शेयर बजारमा ९ मिनेटको अवधीमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
मा प्रकाशित